विराटनगर , कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २७ र २८ गते विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ हुने भएको छ।
सम्मेलनको तयारी पूरा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन्। संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै प्रदेशबीच सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने विषयमा सम्मेलनमा छलफल हुनेछ।
संविधानप्रदत्त अधिकारको प्रयोग, वित्तीय संघीयता, अन्तरप्रदेश पूर्वाधार, विकास आयोजना, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलगायत विषयलाई सम्मेलनमा प्राथमिकता दिइनेछ।
सम्मेलनमार्फत प्रदेशबीचको सहकार्यलाई व्यवस्थित र परिणाममुखी बनाउने कोशी प्रदेश सरकारको अपेक्षा छ।



प्रतिक्रिया