भोजपुर, किरात राई पत्रकार संघको छैटौं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा पुन अवतारमान राई सर्वसम्मत चयन भएका छन्।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ स्थित गोठेसिंह होमस्टेमा बुधबार सम्पन्न महाधिवेशनले राईको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
महाधिवेशनबाट बरिस्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई र बुद्धि चाम्लिङ राई, महासचिवमा नुनुता राई, सचिवमा राजकुमार राई, विवेक राई, दिलबहादुर राई तथा कोषाध्यक्षमा धनबल राई चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा बबिता राई, प्रदीपचन्द्र राई र तेज किराती सर्वसम्मत चयन भएका छन्।

यसैबीच छैटौं केन्द्रीय महाधिवेशनको अवसरमा दुई पत्रकारलाई सम्मान गरिएको छ। कार्यक्रममा दिपिन राईलाई ‘संघर्षशील पत्रकारिता सम्मान’ र डिक बान्तावा राईलाई ‘सुप्तुलुङ पत्रकारिता सम्मान’ प्रदान गरिएको हो।
संघर्षशील पत्रकारिता सम्मानबाट सम्मानित दिपिन राईलाई नगद १० हजार रुपैयाँ तथा सुप्तुलुङ पत्रकारिता सम्मानबाट सम्मानित डिक बान्तावा राईलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मानित पत्रकारद्वयलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका उप-महासचिव अर्जुनले जम्नेेली राईले फेटा गुथाई सम्मानपत्र तथा नगद प्रदान गरेका थिए।
महाधिवेशनले किरात राई समुदायका पत्रकारहरूको पेशागत हकहित, क्षमता विकास तथा मातृभाषा र समुदायसँग सम्बन्धित विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




प्रतिक्रिया