धरान, नेपाली कांग्रेस धरान नगर कार्यसमितिको सभापतिमा नरेन्द्रकुमार राई (प्रवीण) सर्बसम्मत चयन भएका छन्।
बुधबार धरान–१५ स्थित धरान किचनको सभाहलमा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट राईको नेतृत्वमा नगर कार्यसमिति निर्विरोध चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा हिमाल श्रेष्ठ र महिला उपसभापतिमा शिला बज्राचार्य चयन भएका छन्। त्यसैगरी सचिवमा सागर प्रसाईं र कोषाध्यक्षमा शिखा चेम्जोङ लिम्बू चयन भएकी छन्।
कार्यसमिति सदस्यहरूमा दिया श्रेष्ठ, श्याम गुरुङ, सविना तामाङ, ज्वाला तुलाधर, शोभा बराइली, इन्दिरा मादेन लिम्बू, अमरबहादुर बानियाँ, वीरबहादुर कार्की, सञ्जु कुँवर कटवाल, कविता श्रेष्ठ, सुमिर बम्जज, पासाङ डोल्मा गुरुङ, सुकन राई चयन भए।
यस्तै विन्दु अधिकारी, तुलसीप्रसाद श्रेष्ठ, दिनेश सिङ्गक लिम्बू, प्रविढा अग्रवाल, सरिता न्यौपाने, उज्ज्वल कुमार श्रेष्ठ, उद्धवप्रसाद अधिकारी, हिरादेवी गुरुङ राई, देवेन्द्र दाहाल, जुगलकुमार चौधरी, खान्नुमा राई बान्तवा, राजु श्रेष्ठ, निर्मला राई, विवेक साशंकर, जेनिशा राई, रमेश मगर, शिखर राई, सुमित्रा कालिकोटे र एकराज शंकर सदस्यमा चयन भएका हुन्।
नवनिर्वाचित सभापति राईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरी पदबहाली गरेका छन्।



प्रतिक्रिया