विराटनगर, किरात राई यायोक्खा १ नं. प्रदेश समितिको प्रदेश अधिवेशनबाट अध्यक्षमा राम माण्डुपा राई सर्वसम्मत निर्वाचित भएका छन्।

विराटनगरमा भदौ २ र ३ गते सम्पन्न प्रदेश अधिवेशनले राम माण्डुपा राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा सन्जय सन्तोषी राई, टिकाराम राई र प्रमोदजङ राई निर्वाचित भएका छन्। यस्तै सचिवमा सन्तोष राई, सह–सचिवमा युवराज राई, कोषाध्यक्षमा भिमा राई र सह–कोषाध्यक्षमा आनन्द राई चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा राम कुमार राई, मेनुष्का राई, तिर्भ सडारिखम राई, डिल्लिशेर राई, जीवन कुमार राई र लालबहादुर राई रहेका छन्।Polish_20260920_201804811अधिवेशनले प्रदेश समितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै किरात राई समुदायको भाषा, संस्कार, संस्कृति, पहिचान र अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन हुनु सकारात्मक पक्षका रूपमा लिइएको छ। नयाँ नेतृत्वले किरात राई यायोक्खाले राई समुदायको सामाजिक, सांस्कृतिक र पहिचानसँग जोडिएका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।