धरान, तेह्रथुमको छथर गाउँपालिकामा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

छथर गाउँपालिका–२ मा भदौ ९ गते राति आफ्नै घरमा सुतिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय लिलमबहादुर लिम्बुले महिलामाथि जबरजस्ती करणी गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

घटनापछि पीडित महिलाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी छन्। जाहेरीपछि प्रहरीले आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।