धरान, किराँत राई यायोक्खाको ३९औं स्थापना दिवस किराया सुनसरीले विविध कार्यक्रम गरि मनाएको छ।

स्थापना दिवस स्वदेश तथा विदेशमा समेत रहेका किराँत राई यायोक्खाले विभिन्न गतिविधि गरि मनाएको सन्दर्भमा किराया सुनसरीले भने दिप प्रज्वल र रक्तदान कार्यक्रम गरि मनाएको छ।

किराया सुनसरीले शुक्रबार साँझ धरान-२ स्थीत भानु चोकमा दिप प्रज्वलन, शुभकामना आदान-प्रदान, साकेला सिली नाच प्रस्तुत गरिएको छ भने बिहान धरान-१० स्थीत यलम्बर स्मृति संग्रहालयम रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ।

किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईको सभापतित्व, किरात राई यायोक्खाका पूर्व अध्यक्ष तथा धरान उप-महानगरपालिकाका पूर्व नगर प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको दिप प्रज्वलन कार्यक्रममा किराया सुनसरी तथा नगर, वडा समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो। 

Polish_20260808_212514607उक्त अवसरमा प्रमुख अतिथि राईले शुभकामना दिदै सबैले आ-आफ्नो धर्म सँस्कार, सँस्कृतिको जगेर्ना गर्नु पर्ने र अरुको धर्म सँस्कार, सँस्कृतिलाई पनि सम्मान गर्नु पर्ने बताएका छन्। 

किराया सुनसरीले हरेक वर्ष झै यस वर्ष पनि दिप प्रज्वलन र रक्तदान कार्य गरि स्थापना दिवस मनाएको किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले बताए। उनका अनुसार विहानको रक्तदान कार्यक्रममा ३२ प्रिन्ट रगत संकलन भएको हो।

Polish_20260808_212336532