धरान, याक्थुङ चलचित्रकर्मी संघ नेपालको आयोजनामा ७ दिने भाषण तथा उदघोषण तालिम सम्पन्न भएको छ।
साउन ३ गतेको सुरु भएको उक्त तालिम ९ गते सम्पन्न भएको हो। धरान–९, गरिमा डान्स सेन्टरको हलमा सम्पन्न तालिममा ३९ जना संघमा आवद्ध तथा शुभेच्छुकहरुले तालिम लिएका हुन्।
तालिमका प्रशिक्षक सन्जु राईले उदघोषण कला र बिनोद विश्वकर्माले भाषण कला तालिम प्रदान गरेका हुन्।
याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोको सभापतित्व र धरान उपमहानगर पालिकाका वडा नंबर १५का अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको सिकाई प्रदर्शन तथा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रममा संघका संल्लाहकारहरु अभिनेता प्रेम सुब्बाको विशेष आतिथ्य तथा अभिनेता किशोर सम्बाहाम्फे, निर्देशक विजय संयोक, समाजसेवी आर.बी थाम्देन, मोतिबहादुर मेन्याङबो र भुजेल चलचित्रकर्मी संघ नेपालका अध्यक्ष सुरेन्द्र भुजेलको आतिथ्य रहेको थियो।
कार्यक्रमका तालिमका सहभागिको तर्फबाट इङ्नुमा हुक्पा चोङबाङले उदघोषण कला र दिपशिखा लिम्बुले भाषण कला प्रदर्शन गरे।
सिने अतिरिक्त सशक्त अभिव्यक्ति, प्रभावशाली प्रस्तुतिको लागि साथै थप व्यक्तित्व बिकासका लागि उक्त तालिमको आयोजना गरिएको संघका अध्यक्ष नबिन मेङ्याङ्बोले बताए।
उदघोषण तथा भाषण कला तालिमका सहभागीहरुले सिकेका कुरालाई निरन्तर प्रयोगमा ल्याउन प्रमुख अतिथी नरेश इवारमले सुझाए।
अध्यक्ष इवारमका अनुसार याक्थुङ चलचित्रकर्मी संघले चलचित्रका गतिविधिसँगै कला, सँस्कृति र क्षमता अभिवृद्धिका गतिविधिका तालिमहरु समेत संचालन गरेकोमा प्रशंसा गर्दै सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया