धरान, धरानमा एक दिने 'साइबर सुरक्षामा पत्रकारिता : सचेतना तालिम' सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ(फोनिज) सुनसरीको आयोजना तथा धरान उप-महानगरपालिकाको सहयोगमा आज धरान-१५ स्थीत धरान किचनमा सुनसरीका पत्रकारहरुलाई साइबर सुरक्षाका विषयमा तालिम प्रदान भएको हो।
प्रविधिको प्रयोग गरि हुने अपराध 'साइबर क्राइम' का विषयमा जानकारी सहित त्यसबाट सुरक्षित हुने विविध विषयमा उक्त एक दिने तालिम सम्पन्न भएको हो।
बढ्दो 'साइवर क्राइम' न्युनिकरण गर्ने उदेश्यले भएको तालिममा सहभागी पत्रकारहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका न्यायधिवक्ता केशवप्रसाद गौतम, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिना, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काले सहजीकरण गरे।
फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरीको सभापतित्व, धरान उप-महानगरपालिकाका कार्यबाहक प्रमुख अइन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको उक्त तालिम पत्रकारहरुको लागि सान्दर्भिक तथा उपयोगी तालिम भएको मन्तव्यको क्रममा आमन्त्रित वक्ताहरुले बताए।
कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, समावेशी विभाग संयोजक अरबिन्द मेहेता,सुनसरीका सचिव बिनय बारकोटी, बरिस्ठ पत्रकार हर्ष सुब्बा, फोनिज केन्द्रीय सदस्य बिनु चेम्जोङ, कोशी उपाध्यक्ष सुप्रिया राई, प्रेस सेन्टरले सुनसरी अध्यक्ष तीर्थ कार्की, किराँत राई पत्रकार संघ सुनसरीका उपाध्यक्ष सन्जु राई (सुमित्रा), सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गोपाल श्रेष्ठलगायतले मन्तव्य राखे।



प्रतिक्रिया