धरान, धरान घुम्म आउने पर्यटकहरुका लागि गास र बासका लागि सुविधा सम्पन्न होटल सन्चालनमा आएको छ।

धरानको भानुचौक नजिकै शान्ति पथ स्थीत नाल्बो होटल एण्ड रेष्टुरेन्ट आज औपचारिक रुपमा उदघाटन भइ सञ्चालनमा आएको छ।

उक्त होटलको उदघाटन धरान उपमहानगर पालिकाका कार्यबाहक मेयर आईन्द्रबिक्रम वेघाले गरेका छन्।

विगत लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी, धरान-८ स्थीत नाल्बो ज्वेलरीका संचालक समेत रहेका लालप्रसाद नाल्बोले करोडौको लगानीमा उक्त होटल संचालनमा ल्याएको हो।

उक्त होटलमा एसी सहितको १४ वटा कोठा तथा बार, रेष्टुरेन्ट रहेको होटल संचालक लालप्रसाद नाल्बोले बताएका छन्। 

संचालक नाल्बोका अनुसार पाहुनाहरुलाई सहुलियत मुल्यमा सुविधा तथा उत्कृष्ट सेवा दिने उदेश्यले एक हजार देखि छ हजार सम्मका फरक-फरक मुल्यको बास बस्ने कोठाको व्यवस्था रहेको छ।

नाल्बो होटल एण्ड रेष्टुरेन्टले धरान घुम्न आउने पर्यटकको लागि सेवा सुविधा दिनुको साथै धरानमा युवाहरुको लागि रोजगारी सृजना गरेको कार्यवाहक मेयर बेघाले बताउँदै शुभकामना व्यक्त गरे।