धरान, धरान व्याडमिन्टन क्लबको आयोजनामा अन्तराष्ट्रिय स्तरीय ‘दोस्रो खुल्ला तथा राष्ट्रिय रयाङकिङ व्याडमिन्टन प्रतियोगिता‐२०८३ सम्पन्न भएको छ।
धरान‐१३ स्थीत अमर सेवा समाज वहुृृृउदेश्यीय भवनमा बैशाख १८ उदघाटन भई आज (बैशाख २० गते) प्रतियोगिता समापन भएको छ।
प्रतियोगितामा विभिन्न विद्या तथा उमेर समूहका खेलाडीहरुको सहभागिता रहेको थियो।
प्रतियोगिता मेन्स डबल विद्या अन्तरगत विजेता क्षितिज खनाल, देवराज राना, उपविजेतामा सुनिल कार्की, मनिष खड्का, तेस्रो हिमाल चन्द, विशाल तामाङ, बिबेक चौधरी र विनय चौधरी बनेका छन्।
यसैगरी मिक्स डबलमा विजेता सुनिल कार्की, निशान लिम्बू, उपविजेता भोजराज गुरुङ, रोजी गुरुङ, तेस्रो विशाल तामाङ, अरुणा तामाङ, बिनय चौधरी, नबिना राई बने।
वुमेन्स डबलमा विजेता अमिता गिरी, रसिला महर्जन, उपविजेता नबिना राई, निशाम सुब्बा तेस्रो रोजी राई, सृष्टि राई, रिहाना शेरचन, शेस्ना सिरपाली बने। मेन सिंगलमा विजेता विधान अधिकारी, उपविजेता क्षितिज खनाल, तेस्रो विष्णु कटुवाल, सुप्रिम पन्त बने।
वुमेन्स सिंगलमा विजेता रसिला महर्जन, उपविजेता शेस्ना सिरपाली, तेस्रो रिहाना शेरचन, सबिज्ञा दाहाल बने।
यसैगरी भेट्रान तथा सुपर भेट्रान डबलका विजेता ईन्द्र मेहेता, सुदिप योन्जन, उपविजेता जीवन बोगटी, शिखर श्रेष्ठ, तेस्रो उत्तम सिमखडा, राम योन्जन, मनोज लिम्बू, गणेश राई बनेका छन्।
धरान भित्रका खेलाडीहरुकोे ‘बी’ लेबलको प्रतियोगिताका विजेता भुवन राई, राजकुमार राई, उपविजेता राजकुमार थोप्रा, शाहिल राई, तेस्रो योगेश देवान, ईन्दिरा राई, आदित्य श्रेष्ठ बने।
प्रतियोगिताको विजेता तथा उप-विजेताहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण पत्र आयोजक धरान व्याडमिन्टन क्लबका अध्यक्ष टंकबहादुर लिम्बु, कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्र राईसहित प्रहरी बरिष्ठ उपरीक्षक भीम दाहाल, इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक भीषणबाबु राई, धरान-१३ नं वडाका अध्यक्ष नेत्र काफ्लेेले प्रदान गरे।
यस्तै नेपाल व्याडमिन्टन संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रशेखर लामा, संघका सुनसरी अध्यक्ष प्रतीक श्रेष्ठ, उपाध्यक्ष सुरेश नेयोङ, अमर सेवा समाज धरान-१३ का अध्यक्ष भुमिराज पाहिम, खेलाडी तथा समाजसेवी मनि चाम्लिङ, तीर्थ मादेम्बा, शिक्षासेवी अर्जुन मेन्याङ्बो, व्यवसायी तथा समाजसेवीहरु सुनिल बस्नेत, रुपेश आचार्य, बद्री कटुवाललगायतले पनि पुरस्कार प्रदान गरे।
धरानमा व्याडमिन्टन खेलको बिकास, खेलाडीहरुबीच प्रतिष्पर्धात्मक भावना अभिवृद्धि, नयाँ प्रतिभा पहिचान गर्नका साथै खेल पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजित उक्त प्रतियोगितामा नेपालको सातै प्रदेश तथा भारतका खेलाडीहरुको सहभागि रहेको खेल संयोजक तेज मेन्याङबोले जानकारी गराएका छन्।
उक्त प्रतियोगिताको उदघाटन बैशाख १८ गते धरान उप‐महानगरपालिका कार्यवाहक प्रमुख आईन्द्रबिक्रम वेघाले गरेका हुन्।



प्रतिक्रिया