धरान, कोशी प्रदेश अन्तरगत क्वान स्तरीय जुनियर आमन्त्रित उसु सान्दा (सान्सौ) प्रतियोगिता‐२०८३ धरानमा सम्पन्न भएको छ।
सुनसरी जिल्ला उशु संघका अध्यक्ष शिव गुरुङ सभापतित्व तथा धरान उपहानगर पालिकाका कार्यवाहक प्रमुख आईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा शनिबार धरान‐९ स्थीत कवर्डहलमा सम्पन्न प्रतियोगितामा १३ वटा तौल समुहमा महिला र पुरुषको प्रतियोगिता सम्पन्न भएको हो।
जसमा ४२ केजी तौल समुह अन्तरगत पुरुषबाट अर्जुन धारा उसु क्वानका ससिन राई प्रथम बनेका छन्। यसैगरी दोस्रो ईटहरीका राजिव संस्कार, तेस्रो द्वय धरानका मौसम बि.के र वुद्ध उसु क्वान इटहरीका कुशल चौहान बने।
४२ केजी तौल समुहबाटै महिला तर्फबाट प्रथम बिराट उशु क्वान बिराटनगरकी सीमा घतानी, दोेस्रो धरानकी जोनी राई, तेस्रो द्वय झापाकी प्रकिसा लावती र ईटहरी उशु क्वानकी अम्बिका कुमारी कार्की बने।
४५ केजी तौलबाट पुरुष तर्फ प्रथम धरान उशु क्वानका मुस्कान राई, दोस्रो अर्जुनधाराका अनमोल राई र तेस्रो द्वय पाईलनका निर्मल दाहाल र धरान उशु क्वानका हेमन राई बने।
४५ केजी तौलक महिला तर्फ प्रथम अर्जुनधारा उशु क्वानकी प्रतिक्षा धिमाल, दोस्रो पाईनलकी सुनिता राई र तेस्रो द्वय धरानकी आरोही तामाङ र ईटहरी उशु क्वानकी अस्मीता कार्की बने।
यसैगरी ४८ केजी तौलबाट पुरुष तर्फ प्रथम धरानका अजिब राई, दोस्रो वुद्धका अबिन राई र तेस्रो द्वय बिराटका मानव यादब र अर्जुनधारा उशु क्वानका प्रविण राई बने। ४८ केजी तौलबाटै महिला तर्फ प्रथम झापाकी आशिका तिरुवा, दोस्रो धरानकी तायामी राई र तेस्रो पाईलकी अन्सु राई बने।
५२ केजी तौलबाट पुरुष तर्फ प्रथम वुद्धका निमा तामाङ, दोस्रो अर्जुनधाराका सुसिल दनुवार र तेस्रो द्वय पाईलनका अर्बिन लिम्बु र बिराटका एमडि सागिर बने। ५२ केजी तौलबाटै महिला तर्फ प्रथम झापाकी समिक्षा राई, दोस्रो इटहरीकी निनम राई र तेस्रो द्वय बिराटकी नन्दिता मन्डल बने।
५६ केजी तौलबाट पुरुष तर्फ प्रथम वुद्धका अबिन दास, दोस्रो ईटहरीका ग्रीस पौडेल र तेस्रो द्वय धरानका सायाहाङ राई र पाइलनका विजय लिम्बु बने। ५६ केजी तौलबाटै महिला तर्फ प्रथम अर्जुनधाराकी सुस्मीता लिम्बु, दोस्रो पाईलनकी जेलिना राई र तेस्रो द्वय वुद्धकी प्रतिक्षा राई र पाइलनकी अस्मीता गुरुङ बने।
६० केजी तौलबाट पुरुष तर्फ प्रथम धरानका मनिष भुजेल, दोस्रो पाईलका बसन्त श्रेष्ठ र तेस्रो ईटहरीका मौसम तामाङ बने। ६० केजी तौलबाटै महिला तर्फ प्रथम धरानकी लक्ष्मी मगर, दोस्रो ईटहरीकी समृद्धि लिम्बू र तेस्रो द्वय धरानकी गंगा राई र बिराटकी स्वेक्षा बुढाथोकी बने।
७० केजी तौलबाट पुरुष तर्फ प्रथम वुद्धका योगेश लिम्बु, दोस्रो धरानका अमिन राई र तेस्रो द्वय ईटहरीका निसम राई र धरानका भीमन बुढाथोकी बने। यस्तै ७० केजी तौलबाट महिला तर्फ प्रथम धरानकी नुमा लिम्बु, दोस्रो वुद्धका अरुणा बि.क बने।
सबै तौल समुहका विजेता, उप-विजेतालाई टेम्के मैयुङ गाँउपालिका भोजपुरका अध्यक्ष सुनिल राई, धरान-८ नं वडा अध्यक्ष धनप्रसाद राई, धरान उ.म.न.पा.शिक्षा महाशाखा प्रमुख सृजना नेपललगायतले मेडल, प्रमाण-पत्र प्रदान गरे।
प्रतियोगिताको प्रथम समुह अर्जुनधारा उशु क्वान झापा र दोस्रो धरान उशु क्वान बन्यो। प्रथम समुहले नगद पुरस्कार ५ हजार र दोस्रोले २ हजार ५ सय सहित ट्रफी प्राप्त गरेका छन्।



प्रतिक्रिया