धरान, न्यु पाथीभरा क्लब भेडेटारको आयोजनामा "चौथो भेडेटार म्युजिकल नाइट-२०८३" सम्पन्न भएको छ।

नयाँ वर्ष २०८३ को अवसरमा आज भेडेटार चौकमा म्युजिकल नाइट आयोजना भएको हो।

नयाँ वर्षको अवसर पारेर भेडेटार र आसपासका पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्दै पर्यटन भित्र्याउँने उदेश्यले न्यु पाथीभरा क्लब भेडेटारले म्युजिकल नाइट आयोजना गर्दै आएको हो।

नव वर्ष २०८३ मनाउन भेडेटार आएका पर्यटकहरुलाई अहिलेका युवापुस्तामा चर्चित भएका गायिकाहरु त्रिजा प्रधानसहित दिपा सुहाङ, गायक सुन्दर लिम्बू, द एलाईस व्याण्ड, ज्योति एण्ड द फ्लेमसले गीत प्रस्तुत गरि मनोरञ्जन प्रदान गर्यो।

यसैगरी गरिमा डान्स सेन्टर धरानले साँस्कृतिक, मोर्डनसहित विविध प्रकारका नृत्य प्रस्तुत गरि रमाइलो प्रदान गर्यो। साँगितिक प्रस्तुती पश्चात हाउजी, तम्बोला खेल समेत आयोजना भयो।

Polish_20260415_034654255

Polish_20260415_034812920