धरान, नेपाल-भारत क्रस बोर्डर टुरिजम प्रबर्द्धन गर्नका लागि चैत्र २० देखि २३ सम्म आयोजित 'तेस्रो रेड पाण्डा फेस्टिभल २०२६' भब्य रुपमा सम्पन्न भएको छ।

फेस्टिभलको उदघाटन कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री भिम पराजुलीले गरेका थिए।

चलचित्र विकास बोर्डको तर्फ बाट चलचित्र अन्तर्राष्ट्रिय प्रबर्द्धन समिती सदस्य केवल तामाङले सहभागिता जनाएका थिए। जसमा सिक्किम चलचित्र बोर्डका प्रतिनिधि पविरत्न शाक्य,कल्चर विङका सचीव किरण लेप्चा तथा नायिका श्यामाश्री शेर्पाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न शिर्षकमा प्यानल डिस्कसन गरियो जसमा कार्यक्रम सन्चालन पत्रकार सुजन तिम्सिना र बिप्लव भट्टराईले गरेका थिए। यस क्षेत्रलाई  प्राकृतिक चलचित्र स्टुडियोको रुपमा विकास गरि सन्दकपुर गाउँपालिका सङ्गै इलाम जिल्लालाई चलचित्र पर्यटन सङ्ग जोडदै  यहाँको कला,भाषा,संस्कृति र पर्यटकीय क्षेत्रहरूको संरक्षण साथै बिश्वब्यापी रुपमा प्रबर्द्धन गर्न अनिवार्य रहेको केवल तामाङले बताए। 

नायिका श्यामाश्री शेर्पाले शुभकामना मन्तव्य राख्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को भिजन अनुरुप चलचित्र र पर्यटन क्षेत्र द्रुत गतिमा विकास भैरहेको र दुई देश बिचको चलचित्रकर्मी साथै पर्यटन अभियान्ताको एक आपसमा  सहकार्य गरि अघि बढन उहाँको आदेश अनुसार महोत्सवमा आएको बताए।

यसैगरी नेपाल र सिक्किमका चलचित्रकर्मीहरु  विच  सहकार्य गरि चलचित्र निर्माण सङ्गै पर्यटनमा टेवा पुर्याउने पविरत्न शाक्यले जनाए। सन्दकपुर गाउँपालिका आयोजक रहेको फेस्टिभलमा यस क्षेत्रमा छायांकन गर्न आउन र आवश्यक सहयोग गर्न तत्पर रहेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए।

यस्ता कार्यक्रमले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने केचना कन्चनजङ्घा पर्यटन विकास समितिका पुर्व कार्यकारी निर्देशक केशव धौरालीले बताए। कार्यक्रममा बङ्गाल,आसाम,दार्जिलिङ ,मेघालय,दिल्ली लगायत विभिन्न मुलुकका पर्यटन अभियान्ताहरुको उपस्तिथि रहेको थियो।

Screenshot_20260407_222520_Messenger 2