धरान, चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको अध्यक्षमा गोबिन्द अर्याल पुनः चयन भएका छन्।
संघको वुधबार सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो।
संघको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशील पन्त, सह(सचिवमा आयुष न्यौपाने र कोषाध्यक्षमा युवराज क्षेत्री चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा कुलप्रसाद काफ्ले, प्रेमप्रसाद सापकोटा, बबिलाल तामाङ, सन्तोष बस्ताकोटी, आरजु देवकोटा, आशिष अधिकारी, गीता शर्मा र अस्मीता पराजुली चयन भएका छन्।
संघको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रामेश्वर रिजाल र प्रेमप्रसाद सापकोटा चयन भएका छन्।
संघको केन्द्रीय महाधिवेशन बैशाख ५ गते काठमाडौंमा हुनेछ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले चितवनलाई फिल्म नगरी बनाउन प्रशस्त सम्भावना रहेको बताए।
उनले चितवनको पर्यटकिय स्थलको प्रचार-प्रसारमा सघाउन चलचित्र पत्रकारहरुलाई आग्रह गर्दै उनले नेपाली चलचित्रको प्रवर्द्धन गर्न संघको उल्लेखनीय योगदान रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नारायण अधिकारी, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्य, चलचित्र पत्रकार संघ चितवनका पूर्व अध्यक्ष रबिन्द्र अधिकारी लगायतको सहभागीता रहेको थियो।



प्रतिक्रिया