धरान, चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको प्रथम अधिवेशनबाट अध्यक्षमा एकराज प्रधान चयन भएका छन्।
बिर्तामोड, झाापामा सोमबार सम्पन्न अधिवेशनले प्रधानको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्ष सुनिता तामाङ, सचिव सुरज प्रधान, सहसचिव अभिषेक धमला, कोषाध्यक्ष अस्मिता शाखी रहेका छन्।
समितिको सदस्यहरूमा रविकिरण बान्तवा, सरोज भट्टराई, भरत प्रसाई, टीकाराम वांस्तोला, वीरेन्द्र तिवारी, विजयराज भट्टराई, सपना रिमाल, सविना लिम्बू, सन्देश सहनी, राजेश आचार्य, देव बांस्कोटा, सोफिया खड्का रहेका छन्।
त्यस्तै प्रदेश प्रतिनिधीमा रमेश तिवारी, सुनिता तामाङ, रविकिरण बान्तवा राई रहेका छन्।
उद्दव पुरी, सुनिरा मैनाली, सन्तोष न्यौपाने, सन्तोष शर्मा, विष्णुकुल श्रेष्ठ रहेका छन्।
चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीको अध्यक्षता तथा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश ईञ्चार्ज नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल झापा शाखाकी सदस्य सुनिता तामाङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका अध्यक्ष रमेश तिवारीले संस्थाले गरेको गतिविधिसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी बस्नेत, चलचित्र पत्रकार संघ नेपालकी कोशी प्रदेश अध्यक्ष सञ्जु राई, नेपाल चलचित्रकर्मी संघका कोशी प्रदेश अध्यक्ष केवल तामाङ, नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष सुब्रत न्यौपानेलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश सदस्य तुलसीप्रसाद निरौला, नेपाल पत्रकार महासंघ झापा शाखा सहसचिव तिलक योञ्जनलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल झापा शाखाका सचिव एकराज प्रधानले गरेका थिए।



प्रतिक्रिया