धरान, याक्थुङ कुरुम्बाङ सङजुम्भो केन्द्रिय समितिको नयाँ कार्य समिति चयन भएको छ।

धरान‐५ आँपटार स्थीत ‘याक्थुङ कुरुम्बाङ सङजुम्भो हिम’ शनिबार सम्पन्न अधिवेशनबाट वसन्त कुरुम्बाङको अध्यक्षतामा २१ केन्द्रिय कार्य समिति चयन भएको हो। 

समितिको वरिष्ट उपाध्यक्ष योगेन्द्र कुरुम्बाङ, उपाध्यक्षहरु हिमाल, उदय,मीनप्रसाद कुरुम्बाङ, महासचिव बिरेन्द्र कुरुम्बाङ, सचिव मणिशंकर कुरुम्बाङ, कोषाध्यक्ष हर्कजंग कुरुम्बाङ चयन भएका छन्।

यसैगरी सदस्यहरुमा रीता चेम्जोङ (कुरुम्बाङ), रोशिता कुरुम्बाङ, कबिता राई (कुरुम्बाङ), भुवन, रबिन, खगेन्द्र, कालिदास कुरुम्बाङ चयन भएका हुन्। बाँकी ४ जना नयाँ कार्य समितिबाट मनोनित गरिने भएको छ।

उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक तेजमान कुरुवाङ तथा सदस्यहरु सन्तोष कुरुम्बाङ र कुलदेव कुरुम्बाङ रहेका थिए।