धरान, धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी १ बाट विजयी बने पनि श्रमदान मैदानमा उत्रिएका छन्।
धरानको खानेपानी समस्यालाई समाधान गर्ने प्रतिबद्धता गरेर स्थानीय चुनावबाट मेयर बनेका साम्पाङले धरानबासीलाई पानी खुवाउन शनिबार  श्रमदानमा उत्रिए हुन्।
सुखायाममा खडेरी लाग्ने सम्भावना भएकाले धरानमा पानीको हाहाकार हुन नदिन कोका खोलाबाट ल्याएको खानेपानीलाई व्यवस्थित गर्न सम्भावित डडेलोबाट पानीको पाइपलाई बचाउन लागि परेका हुन्।
कुनै पनि पद ठूलो नभएको र जनताको सेवा गर्ने काम मात्रै ठूलो भएको बताउने सांसद साम्पाङ पद भन्दा महत्त्वपूर्ण काम भएकाले धरानबासीलाई पानी खुवाउन श्रमदानको मैदानमा उत्रिएको बताउँछन्।
सांसद साम्पाङले केही समय पछि काठमाडौँमा व्यस्त हुने भए पनि श्रमदानको कार्य श्रम संस्कृति पार्टीले निरन्तर श्रम गर्ने बताउदै श्रमदान नगर अध्यक्ष र नगर सदस्यहरुले अगाडि बढाउने बताए।
सांसद भइसके पछि साधारण जीवनशैली र साधारण सर्वसाधारण नागरिक जस्तै गरेर श्रम संस्कृति पार्टीको टिमलाई लिएर खानेपानी व्यवस्थित गर्न जङ्गल पुगेका सुनसरी क्षेत्र नं १ का सांसद हर्क साम्पाङको उदाहरणीय काम बनेको र अन्य पदका संसदहरुलाई समेत यो एउटा उदाहरणीय र बनेको छ श्रमदाताहरु बताउँछन्।