धरान, याक्थुङ लिम्बु कुरुम्बाङहरुको केन्द्रिय भवन ‘याक्थुङ कुरुम्बाङ सङजुम्भो हिम’ उदघाटन भएको छ। 

याक्थुङ कुरुम्बाङ सङजुम्भो केन्द्रिय कार्यसमितिको आयोजनामा शुक्रबार धरान–५ आँपटार स्थीत याक्थुङ कुरुम्बाङ सङजुम्भो हिम (भवन)को उदघाटन तथा कुरुम्बाङ इतिहास र वंशावली (तेस्रों संस्करण) लोकार्पण भएको छ। 

सङजुम्भोका अध्यक्ष तेजबहादुर कुरुम्बाङको सभापतित्व, संस्थापक अध्यक्ष तथा कुरुम्बाङ वंशावलीका पहिलो खोज तथा अनुसन्धानकर्ता देशराज कुरुम्बाङको प्रमुख आतिथ्यमा विशेष आतिथीहरु धरान उप‐महानगरपालिकाका कार्यवाहक मेयर अईन्द्रबिक्रम वेघा र धरान‐५ नं वडा अध्यक्ष मनप्रसाद थलङले भवनको उदघाटन गरेका छन्।

यसैगरी तेस्रो संस्करणको रुपमा रहेको कुरुम्बाङको वंशावली सङजुम्भोका अध्यक्ष तेजबहादुर कुरुम्बाङक, संस्थापक अध्यक्ष देशराज कुरुम्बाङक, का.वा. मेयर वेघा, वडाअध्यक्ष थलङसहित मुन्धुम अध्ययन केन्द्रका अध्यक्ष हर्क सुब्बा इजमलगायतले लोकार्पण गरेका छन्।