धरान, प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन्।
साम्पाङले निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन तामाङ)लाई ८ हजार ४९२ को मतान्नतरले पराजित गर्दै विजयी हासिल गरेका हुन्।
साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरे, भने सरिनले २७ हजार २४९ मत प्राप्त गरिन्। यसैगरी नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज)ले ६ हजार १८५ मत पाए।
नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्दव श्रेष्ठले १ हजार ४१९, उज्यालो नेपालका डम्बर लावती (जेन्टर)ले ५९० प्राप्त गरे।
सुनसरी क्षेत्र नं १ अन्तरगत धरान १-२०, बराहक्षेत्र वडा १-५ र रामधुनी वडा ६ र ७ बाट कुल ८७ हजार ८६५ मत खसेको थियो। जसमा सदर मत ८२ हजार ९८२ र बदर मत ४ हजार ४८९ रहेको थियो



प्रतिक्रिया