धरान, सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले करिब दोब्बर मतले अग्रता कायम गरेका छन्।

हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १३ हजार ७३० मतले अग्रता लिईरहेका छन्।

साम्पाङले ३२ हजार ४०९ मत ल्याएका छन् भने तामाङले १८ हजार ६७९ मत ल्याएकी छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (मनोज भट्टराई)ले ५ हजार ४५८, नेकपा एमाले (टिकाराम लिम्बू )ले ४ हजार ५०९, नेपाली कांग्रेस (सुजेन्द्र तामाङ)ले ३ हजार ५३ मत पाएका छन्।