धरान, नेपालमा आज खण्डग्रास (चन्द्रग्रहण) प्रारम्भ भएको छ।

नेपाल पञ्चाङ्गअनुसार आज २०८२ साल फाल्गुन १९ गते मङ्गलबार चन्द्रग्रहण परेको जनाएको छ।

आज नेपाली समय अनुसार दिउँसो ३:३४ बजे ग्रहणको स्पर्श भएको ग्रहण साँझ ६:०२ बजेदेखि ७:०१ बजेसम्म दृश्य रहनेछ। ग्रहणको मोक्ष साँझ ७:०१ बजे हुने भएको छ।

पञ्चाङ्ग अनुसार चन्द्रग्रहण सुरु हुनुभन्दा ९ घण्टा अगाडि नै ‘सुतक’ लाग्ने गर्दछ।

सुतकको समयम बिहान ९:०३ बजेदेखि बालक, वृद्ध तथा अशक्त बाहेक अन्य सबैका लागि भोजन निषेध गरिएको थियो।

धार्मिक आस्थाअनुसार ग्रहण अवधिभर जप, ध्यान तथा पूजा गर्न शुभ मानिन्छ भने ग्रहण समाप्तिपछि स्नान गरी शुद्धिकरण गर्ने चलन रहिआएको छ। 

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण नाङ्गो आँखाले हेर्न सुरक्षित हुन्छ र यसका लागि विशेष चस्माको आवश्यकता पर्दैन।

सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउँदै ग्रहणको अवलोकन गर्न आग्रह गरिएको छ।