धरान, चोकफुङ ईन्टरटेन्मेन्ट प्रा.लि.को व्यानरमा निर्मित चलचित्र 'सुगुप'को बिशेष प्रदर्शनी धरानमा सम्पन्न भएको छ।

उक्त चलचित्र धरान-२ भानुचोक स्थीत एचके मेलोडि क्लब होटल एण्ड रेष्टुरेन्ट बारमा शुक्रबार प्रदर्शनी भएको हो।

यस अघि तीन पटक धरानमा प्रदर्शनी भएको र उक्त प्रदर्शनीमा चलचित्र हेर्न छुटेका दर्शकहरुको लागि विशेष प्रदर्शनी गरिएको चलचित्र निर्माता तथा एचके मेलोडि क्लब होटल एण्ड रेष्टुरेन्ट बारका संचालन रबिनकुमार नाल्बोले जानकारी गराए।

लिम्बू समुदाय तथा सँस्कार झल्काउने उक्त 'सुगुप' चलचित्र विशेष प्रदर्शनीहरु पश्चात् केही महिना पश्चात फक्तालुङ ईन्टरटेन्मेन्ट युटुव च्यानलबाट पनि हेर्न सकिने निर्माता नाल्बोले बताए।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा भएको उक्त विशेष प्रदर्शनीमा धरानका कलाकर्मी, व्यवसायी साथै  समाजसेवीहरुको उपस्थिति रहेको थियो।