धरान, धरान नृत्यकला प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले आयाेजना भएको रक्तदान कार्यक्रममा ३६ प्रिन्ट रगत संकलन भएको हो।

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग र दृश्य सि द अनसिनकाे सहकार्यमा आज धरान- ९ आचार्य लाईन स्थीत तिम्सिना होटल परिसरमा भएको हो।

नृत्य कलाकारहरूको हकहित, तथा क्षमता बिकासको क्षेत्रमा कार्य गर्दै आइरहेको प्रतिष्ठानले सामाजिक उत्तरदायित्व बहन गर्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

आयोजक धरान नृत्यकला प्रतिष्ठानकी अध्यक्ष नन्दा राईको सभापतित्व तथा धरान उप-महानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रबिक्रम वेघाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।