धरान, धारिलो हतियार प्रहार गरि ५० बर्षीय छत्र बहादुर थापाले श्रीमती र छोरीको हत्या गरेका छन्।

सोमबार अमेरिकाको भर्जिनियामा उदउपुर बेलका नगरपालिकाका ५० बर्षीय थापाले आफ्नो ५१ बर्षीय श्रीमती विनिता थापा र ३१ बर्षीय छोरी ममता लाई धारिलो हतियार प्रहार गरि  हत्या गरेका हुन्।

डिभि परेर अमेरिका पुगेकि ममताले सन्तोष बस्नेत सँग विवाह गरि अमेरिकाको भर्जिनियामा बस्दै आएकी थिएन। उनका एक बर्षीय छोरा समेत छन्। 

ममताले बुवा आमालाई अमेरिका घुमाउन बोलाएकी थिन्। प्रहरीको अनुसार ममताका श्रीमान काममा गएको मौका छोपेर थापाले श्रीमती र छोरीलाई आक्रमण भएको खुलेको छ।

ममताको श्रीमान् ३५ बर्षीय सन्तोष बस्नेत घर फर्कने क्रममा घरमा कोलहल भएको आवाज आएपछि प्रहरीलाई सम्पर्क गरेका थिए।

प्रहरी आउँदा सम्म बस्नेतलाई समेत घाइते बनाएका थापालाई प्रहरीले रोक्ने प्रयास गर्दा नरोकीए पछि प्रहरीले चलाएको गोलि लागि थापाको समेत मृत्यु भएको छ।

ममता र सन्तोष का १ बर्षीय छोरा भने सकुशल रहेको  र उनलाई अमेरिकी सरकारले सुरक्षीत साथ राखेका छन् भने ममताका श्रीमान् सन्तोष उपचार भईरहेको छ।

प्रहरीको अनुसार हत्याको कारण खुलेको छैन। त्यसको अनुसन्धान भइरहेको छ।