धरान, नेकपा (एमाले) को चुनावी घरदैलो पछि उमेदवारहरुले धरान-७ स्थित दोभान लाईनको भूमिहिन आधारभूत वस्तीवासीसंगै खानपान गरेका छन्।
सूर्यध्वजावाहक उमेदवारहरु टीकाराम लिम्बू र समानुपाति उमेदवार मौसम राई सहित एमाले नेताहरुले समेत वस्तीमै दिवा खाना खाएका छन्। वस्तीवासी यातायात मजदुर विसन श्रेष्ठ र विमला श्रेष्ठको घरमा सामुहिक खानपान गरिएको हो।
चुनावी घरदैलो कार्यक्रमको समापन संगै दिउसो १२ बजे दुइघरमा एमाले उमेदरवार, नेताहरु, पार्टी सदस्य तथा शुभचिन्तक सहित १ सय ५० जनाले सामुहिक खानपान गरिएको धरान ७ नम्बर वडामा युवा नेता ठाकुर कार्कीले जानकारी दिए।
दोभानलाईनमा रहेका २९ घरपरिवार अधिकांश एमालेको आस्थामा रहेकाले टोलवासीले संयुक्त रुपमा घरदैलोमा सहभागीहरुलाई खानाको व्यवस्थापन गरेको धरान ७ नम्बर निर्वाचन परिचालन समिति संयोजक काजी गिरीले बताए।
शुक्रबार धरान ३, धरान ७, धरान ९ र १२ नम्बर वडामा घरदैलो कार्यक्रम रहेको प्रचार समितिका संयोजक भीमज्वाला राईले बताए।
फागुन ९ गते शनिबार भने धरान १३ र १४ नम्बर वडामा उमेदवारहरुलाई घरदैलोमा लैजाने कार्यक्रम रहेको संयोजक राईले बताए।



प्रतिक्रिया