धरान, शेर्पा समुदायको महान सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
तिब्बती पात्रो अनुसार नयाँ वर्षको सुरुवातको रूपमा मनाइने यो पर्व शेर्पा समुदायको पहिचान, संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको छ।
ग्याल्पो ल्होसारको अवसरमा घर तथा घर वरपर सफा सुग्घर गरेर विशेष परिकार बनाइन्छ, गुम्बा तथा मठ-मन्दिरमा पूजा-आराधना गरिन्छ भने आफन्तजनसँग भेटघाट गर्दै शुभकामना आदान-प्रदान गरिन्छ।
यस दिन समुदायका मानिसहरू परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक नृत्य, गीत र विविध कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गर्छन्।
यस पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास गरिन्छ। साथै, बितेको वर्षका कमजोरी बिर्सेर नयाँ आशा, उत्साह र सकारात्मक सोचका साथ अगाडि बढ्ने सन्देश पनि ग्याल्पो ल्होसारले दिन्छ।
स्थानीय तहदेखि विभिन्न संघ-संस्थाले समेत सांस्कृतिक कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसारलाई उल्लासपूर्ण बनाएका छन्।



प्रतिक्रिया