धरान, धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनको दोस्रो दिनको खेलबाट चर्च चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ।
धरान फुटबल क्लबको आयोजनामा धरान-१६ स्थीत रंगशालामा बिहिवार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले झापा-११ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराएर फाइनलमा फाइनल पुगेको हो।
खेलमा चर्च ब्वाइज युनाइटेडका मिलन राईले तेस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
१७औँ मिनेटमा अवोयमि फकुल्नेले गोल गरे पनि २८औँ मिनेटमा चर्च ब्वाईजको अभिसेक लामाले गरेको गोलले झापाको अग्रता लियो। ६६औँ मिनेटमा एरोन थापामगरले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा चर्च ब्वाइजको तर्फबाट एरिक बिस्ट, रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरे। सुमित श्रेष्ठको प्रहार असफल भयो। झापाको तर्फबाट प्रशान्त लक्षमले मात्र गोल गरे।
एरोन थापामगर, राजेश दाहाल र गौरव धिमालको प्रहार चर्च ब्वाइज युनाइटेडका गोलरक्षकले विफल पारे।
खेलको 'म्यान अफ दि म्याच’ चर्च ब्वाइज युनाइटेड क्लबका गोलरक्षक प्रमिजया गच्छादार घोषित भए। उनले नगद १० हजार पुरस्कार र मेडल प्राप्त गरे।
फाइनल खेल शनिबार प्लानिङ व्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबिच हुनेछ।




प्रतिक्रिया