धरान, सूर्यध्वजावाहक उमेद्वार टीकाराम लिम्बूलाई जिताउन नेकपा (एमाले) धरान ४ नम्बर वडा कमिटीले निर्वाचन परिचालन समिति गठन गर्दै निर्वाचन परिचालनका लागि कार्यालय समेत शुभारम्भ गरेको छ।
आज धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै राजन चाम्लिङको संयाजकत्वमा १५३ सदस्यीय निर्वाचन परिचालन समिति समेत निर्माण गरेको हो।
परिचालन कमिटीको नामावली घोषणा गर्दै निर्वाचन परिचालन प्रचार तथा प्रकाशन समितिकका संयोजक भीमज्वाला राईले यस वडा मतदाताहरुको सुरक्षा र एमालेप्रतिको जनताको विश्वासलाई सुरक्षित राख्ने काम निर्वाचन परिचालन कमिटीको भएको बताए।
परिचालन समितिका सहसंयोजकमा निकेश राई (सोम) र दोर्ण कट्वाल, सचिवमा भगतशेर राई र उपसचिवमा मिलन राई रहेका छन्। त्यस्तै सचिवालय सदस्यहरुमा गोरसमान आले, मिना तामाङ, लिलादेवी गहते, टिकामाया राई, संगीता राई, टंक प्रधान रहेका छन्।
समितिका अन्य सदस्यहरुमा नेकपा (एमाले) ४ नम्बर वडा कमिटीका २७ जना सबै, वडामा रहेका १२ वटा टोल कमिटीका १ सय १५ जना गरी १ सय ५३ सदस्यीय परिचालन समिति घोषणा गरिएको हो।
समितिको घोषणा लगतै कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख प्रदिप भण्डारी, उमेद्वारहरु टीकाराम लिम्बू र समानुपातिक उमेद्वार मौसम राई लगायतका नेताहरुले उमेद्वारहरुको फाटो सार्वजनिक रुपमा प्रदर्शन गर्दै कार्यालय उद्घाटन गरेे।



प्रतिक्रिया