धरान, नेकपा (एमाले) का सूर्य ध्वजावाहक उमेद्वार टीकाराम लिम्बूले धरान ४ नम्बर वडा नेकपा (एमाले) को सधैँ आधारभूमि रहेको बताउँदै यसपटक पनि त्यो विरासत कायमै रहने बताएका छन्।
एमाले धरान ४ को विकासको इतिहासदेखि सारथी रहेको स्मरण गराउँदै बाँकी रहेका विकास निर्माण सम्पन्न गर्न पनि एमालेलाई जिताउनु पर्ने लिम्बूले बताए।
बिहिबार धरान वडा नम्बर ४ स्थित खैरेनीटारमा निर्वाचन परिचालन समितिको कार्यालय शुभारम्भ गर्दै धरान ४ को सडक पूर्वाधार, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको बाँकी कामहरु पुरा गर्न एमालेले आफुलाई उमेद्वार बनाएको बताए।
उनले भने हर्दिया कन्यापोखरी कृषि सडकको अपुरो कामलाई तत्काल सम्पन्न गर्नुछ, वडाका कतिपय क्षेत्रहरुमा एनटिसि र एनसेलका टावरको क्षमता वृद्धि गर्नुछ, कतिपय टोलहरुमा खानेपानी समस्या समाधान गर्नुछ, केही क्षेत्रहरुमा विद्युत लाइनको क्षमता गर्नुछ, शिवजट्टा मन्दीर, पाँचकन्या मन्दीर, विजय चर्च, दानाबारी लगायतका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुको प्रवर्धन गर्नुछ लिम्बुले भने ।
त्यस्तै सेउती खोलास्थित जुवाने पुल निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर कामको थालनी गर्नुछ, किसानहरुका उत्पादनलाई बजारिकरण गराउनुछ र सर्दु जलाधार संरक्षण गर्नुछ तर जलाधार संरक्षणका क्रममा रोक्का गरिएको व्यक्तिगत जग्गाहरु व्यक्तिको भोगचलन गर्ने वातावरण बनाउनुछ लिम्बूले प्रतिवद्धता जनाए।



प्रतिक्रिया