धरान, चर्च ब्वाईज युनाइटेड काठमाडौंले २६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
धरान फुटबल क्लबको आयोजनामा धरान-१६ रंगशालामा जारी गोल्डकपको आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै चर्च ब्वाईज युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको हो।
चर्च ब्वाईजका लागि खेल शुरु भएको पहिलो मिनेट भित्रै रिचार्ड विलसनले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो।
आजको खेलमा निर्णायक गोल गरेका चर्च ब्वाईजका रिचार्ड विलसन म्यान अफ दि म्याच बन्न सफल भएका छन्। उनले नगद १० हजार पुरस्कार, मेडल प्राप्त गरेका छन्।
भोलि (माघ २६ गते) तेस्रो क्वाटरफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र लालीगुराँस एसोसिएशन, पोखरा बीच हुने आयोजकले जनाएको छ।
फाइनल खेल आगामी फागुन २ गतेका दिन हुनेछ। विजेताले उपाधि सहित नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ।




प्रतिक्रिया