धरान, नेपाली तथा अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान दिएर ख्याती कमाएका वरिष्ठ अभिनेता सुनील थापाको आज निधन भएको छ।
६८ वर्षको उमेरमा आज बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।
अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल पुर्याइएका थापा बेहोस अवस्थामा भर्ना भएका थिए। अस्पताल स्रोतका अनुसार बिहान ७:४४ बजे गरिएको ईसीजी परीक्षणपछि उनको निधन पुष्टि गरिएको हो। चिकित्सकहरूले कार्डियक अरेस्ट (हृदयाघात) लाई मृत्युको मुख्य कारण मानेका छन्।
झण्डै चार दशक लामो अभिनय यात्रामा थापाले नेपाली, हिन्दी तथा भोजपुरी चलचित्र र वेब सिरिजमा अभिनय गर्दै दर्शकको मन जितेका थिए। उनी ‘चिनो’ फिल्मको ‘राते काईला' पात्रबाट विशेष रूपमा चिनिन्छन्।
नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकार थापाले नेपालीसँगै हिन्दी चलचित्र ‘मैरी कॉम’, ‘द फ्यामिली म्यान ३’ वेब सिरिजमालगायतमा अभिनय गरिसकेका छन्। थापाले करिब ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।



प्रतिक्रिया