धरान, २६औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

धरान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन धरान उप-महानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाको प्रमुख आतिथ्य र कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई विशेष अतिथ्यमा उद्घाटन भएको छ।

धरान‐१६ स्थीत रंगशालामा सुरु भएको २६औं संस्करणको बुढासुब्बा गोल्डकपको उदघाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी बनेको छ। 

क्लबलले ट्राईबेकरमा वियजी बन्दै क्वाटर फाईनल यात्रा तय गरेको छ। 

धरान फुटबल क्लबले भारतको जर्जियन क्लब माथि ट्राइबेकरमा ४–२ गोल अन्तरले विजयी हासिल गरेको हो। दुवै टोलीबाट निर्धारण समयमा १–१ गोल भएपछि भारतको जर्जियन क्लबमाथि धरान फुटबल क्लबले ट्राइबेकरमा ४–२ गोल अन्तरले विजयी बन्दै क्वाटर फाईनल प्रवेश गर्न सफल बन्यो।

जर्जियन क्लब भारतका तर्फबाट पहिलो हाफको ८औँ मिनेटमा हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि, खेलको १८औँ मिनेटमा धरान फुटबल क्लबका खेलाडीले बराबरी गोल फर्काएका थिए।

प्रतियोगिताको दोस्रो हाफमा आयोजक धरान फुटबल क्लबले आक्रामक खेल प्रदर्शन गर्दै पटक–पटक गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेन। ट्राइबेकरमा धरान फुटबल क्लबका जर्सी नम्बर ८ का बिबेक राई, जर्सी नम्बर ७ का राज लिम्बू,जर्सी नम्बर १९ का प्रज्वल थापा र जर्सी नम्बर १५ का नगेन राईले गोल गरे। 

जर्जियन क्लब भारतका तर्फबाट जर्सी नम्बर १५ का शारद मुन्दा र जर्सी नम्बर २० का साइजाले गोल गरे भने जर्सी नम्बर १८ का बक्स प्रधान र जर्सी नम्बर ११ का विशाल क्षेत्रीको प्रहार असफल रह्यो। 

खेलको ‘म्यान अफ द म्याच’धरान फुटबल क्लबका गोलरक्षक बिपुल मगर घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। 

उक्त बुढासुब्बा गोल्डकप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। भने उत्कृष्ट खेलाडीले डियो स्कुटर प्राप्त गर्ने छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्राप्त गर्ने छ। 

भोलि शुक्रबार अर्थात् प्रतियोगिताको दोस्रो खेलमा रोयल थिम्पु क्लब भुटान र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा एनआरटी काठमाडौँ, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, रोयल थिम्पु क्लब (भुटान)०, जर्जियन क्लब )भारत), लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, झापा–११ र आयोजक धरान फुटबल क्लब सहभागी हुने आयोजकले जानकारी दिएका छन्।

FB_IMG_1770302853373