धरान, २६औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता माघ २२ गतेबाट धरान-१६ स्थीत रंगशालामा हुने भएको छ।
धरान १६ स्थित रंगशालामा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
२६औं संस्करणको प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी गराएका छन्। जसमा आयोजक धरान फुटबल क्लब सहित नेपाल पुलिस क्लब, झापा ११, पोखराको लालीगुराँस एशोसिएशन, सातदोबाटो युथग क्लब, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान एनआरटि, चर्च ब्वाइज रहेका छन्।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित ट्रफी, मेडल, नगद १० लाख प्राप्त गर्नेछन्। भने उप-विजेता टिमले ट्रफी, मेडल, नगद ५ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई होण्डा कम्पनीको डियो स्कुटर प्रदान गरिनेछ।
आयोजकका अनुसार २६औं संस्करणको प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारतबीच हुनेछ। भने प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले गर्नेछन्।



प्रतिक्रिया