धरान, नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको छैठौं राष्ट्रिय महाधिवेशनले दौलथ पीदीसै कुलुङको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
धरानमा पुष २६ र २७ गते धरानमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष दौलथ पीदीसै कुलुङसहित वरिष्ठ उपाध्यक्षमा लाकपद सोम्फोरु, उपाध्यक्षहरू रामबहादुर कुलुङ, अजय अलङ्कार कुलुङ, सम्झना बान्तावा कुलुङ चयन भएका हुन्।
यस्तै महासचिव दिपेन्द्र कुमार थोरेप्पा,सचिवहरू संयोगान्त कुलुङ, प्रदिप होङेलु, यमकला कुलुङ, कोषध्यक्ष डिल्ली कुमारी कुलुङ, सह-कोषाध्यक्ष कमानसिंह कुलुङ चयन भए।
यसैगरी केन्द्रीय सदस्यहरू गंगाराम कुलुङ, दिलमाया कुलुङ, चन्द्रलाल कुलुङ, जैनारायण कुलुङ, भगत कुमार गदोहो कुलुङ, सुवास कुलुङ, हरिकुमार दावार कुलुङ, सन्देश कुलुङ, होमबहादुर कुलुङ, टंकराज कुलुङ, प्रेम कुलुङ, भीमबहादुर कुलुङ, हेमराज थिम्रा कुलुङ, सीता वालाखाम कुलुङ, चयन भए।
महाधिवेशन पश्चात् सोमबार पत्रकार सम्मेलन मार्फत अध्यक्ष दौलथ पीदीसै कुलुङले कुलुङ समुदाय नेपालको आदिवासी जनजाति किराँती समुदाय अन्तर्गत रहेको र कुलुङ समुदाय केवल भाषा वा संस्कार मात्र नभई नेपालभित्र एक मौलिक जातिको रूपमा पहिचान स्थापित गरिसकेको बताए।
कुलुङ समुदायलेआफ्नो भाषा, संस्कार, संस्कृति, ऐतिहासिक भूगोल र सामाजिक मनोविज्ञानको विश्लेषण गर्दै अन्तर्राष्ट्रिय र राष्ट्रिय मापदण्डअनुसार आफूलाई छुट्टै जातिको रूपमा प्रमाणित गरिसकेको बताउँदै उनले
आगामी कार्यकालमा भाषा, संस्कार, संस्कृति, परम्परा र पहिचानको संरक्षण, उत्थान र प्रवर्द्धनलाई केन्द्रमा राखेर अभियान सञ्चालन बताए।
यसैगरी उनले आफना समुदायको भावी पुस्तालाई आफ्नो पहिचानमा गर्व गर्न सक्ने बनाउने र राज्यसँग बराबरी पहुँच दिलाउने अभियान प्राथमिकता रहेको बताए।



प्रतिक्रिया