विराटनगर, कोशी प्रदेश सरकारमा मन्त्रिमण्डल पुनर्गठन गरिएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा आज गठित नयाँ मन्त्रिमण्डलमा विभिन्न मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति अनुसार मन्त्रालयहरू विभाजन गरिएको हो।
शपथ ग्रहण प्रक्रिया जारी रहेकै अवस्थामा केही मन्त्रीहरूले आफ्नो जिम्मेवारी सम्हालि सकेका छन्।
मन्त्री हुनेहरुमा नेपाली कांग्रेसबाट प्रदीप सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।
यस्तै मनबहादुर लिम्बु स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरीले कृषि मन्त्रालय, भीम पराजुली लाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
भने शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन्।
नेकपा (एमाले)बाट मन्त्री बन्नेहरुमा बिदुर लिङ्थेपले आर्थिक मामिला तथा योजनाको जिम्मेवारी पाएका छन्।
यसैगरी चिन्तन पाठक ले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानून मन्त्रायल, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
भने उमाकान्त गौतम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राज्यमन्त्री नियुक्त भएका छन्।
सत्ता साझेदार दलहरूबीचको राजनीतिक सहमतिका आधारमा मन्त्रिमण्डल पुनर्गठन गरिएको बताइएको छ। नयाँ मन्त्रिमण्डलले प्रदेश सरकारलाई थप स्थायित्व दिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया