झापा, बुद्ध एयरको जहाज धावन मार्गमा चिप्लिएर आज (शुक्रबार) राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।
काठमाडौंबाट ५१ जना यात्रु बोकेर भद्रपुर आएको बुद्ध एयरको ९एन ए एमएस जहाज आज (शुक्रबार) राति ९:१० बजे धावनमार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जहाज खोल्सीमा रोकिएको छ। दुर्घटनाबाट कुनै अप्रिय घटना नभएको र सबै यात्रु्को सकुशल उद्धार भएको छ।




प्रतिक्रिया