धरान, ‘सुनाखरी डान्सिङ आईडल–२०८२’ को विजेता साईमा लिम्बु र सागरिका श्रेष्ठ बन्न सफल भएका छन्।
सुनाखरी एकेडेमी धरान–१२ मा आज सम्पन्न उक्त ‘सुनाखरी डान्सिङ आईडल’ एकल नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेबाट सिनियर तर्फ कक्षा ९ की साईमा लिम्बु र जुनियर तर्फ कक्षा ५ की सागरिका श्रेष्ठ प्रथम बनेका हुन्।
सुनाखरी बाल क्लबको आयोजना तथा सुनाखरी एकेडेमीको संयोजनमा भएको उक्त आईडलको दोस्रो सिनियर तर्फ कक्षा ७ की चारु राई र जुनियर तर्फ कक्षा ३ की सोफिया राई बने। भने तेस्रो सिनियर तर्फ कक्षा ६ की इसिका श्रेष्ठ र जुनियर तर्फ कक्षा ३ की एलिभेट गिरी बनेका छन्।
आईडलमा सहभागि सिनियर तर्फ सुनाखरी एकेडेमीमा कक्षा ६ देखि १० मा अध्ययनरत विद्यार्थीहरु र जुनियर तर्फ कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीहरु सहभागि भएका थिए। विजता तथा उपविजेताहरुले उपाधी, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन्।
एकेडेमीका प्लसटु कोओडिनेटर तपकुमार राईको सभापतित्व, प्रिन्सिपल मिलन राईको प्रमुख आतिथ्यमा भएको उक्त सुनाखरी आईडलको निर्णायकहरुमा नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रबिना तुलाधर रहेका थिए।
यसैगरी प्रतियोगिताको संचालन बाल क्लबमा आवद्ध लक्ष्मी लिम्बु, मिस्ना राई, एलिना मास्के, नाम्साङले गरेका थिए।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नृत्य प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले आयोजित उक्त आईडल गत भाद्र १२ र १३ गते अडिसन भई सुरु भएको आयोजक बाल क्लबकी अध्यक्ष दिक्षा लिम्बुले बताईन्।

व्यवहारिक शिक्षाका लागि मौलिक भेषभुषा प्रदर्शनी
आजै सुनाखरी एकेडेमीले वार्षिक कार्यक्रम अन्तरगत नेपाली बहु साँस्कृतिक भेषभुषा प्रदर्शनी कार्यक्रम समेत आयोजना गरेको छ।
व्यवहारिक शिक्षा अन्तरगत विद्यार्थीहरुलाई आफनो मौलिक सँस्कृति र भेषभुषाबारे ज्ञान दिलाउने उदेश्यले वार्षिक रुपमा कार्यक्रम आयोजना गरिदै आएको प्रिन्सिपल मिलन राईले जानकारी गराएका छन्।
कार्यक्रममा सुनाखरी एकेडेमीका विद्यार्थीहरु सहित शिक्षक, शिक्षिका, कर्मचारी सबैले आ–आफनो मौलिक साँस्कृतिक पोशाकमा सजिएर आएका थिए।
कार्यक्रममा आफनो सँस्कृति र भेषभुषाबारे ९ जनाले प्रतियोगितात्मक भाषण समेत प्रस्तुत गरे।
जसमा सौरभी विश्वकर्मा विजेता बन्न सफल भए। विजेताले ट्रफी, प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितात्मक भाषणमा आफनो सँस्कृति र भेषभुषाका पृष्टभूमी र त्यसको उपयोगिताको बारेमा सहभागिले भाषण गरेका थिए।




प्रतिक्रिया