विराटनगर, प्रहरीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँचको क्रममा ३४ वर्षीया दावा लामा होल्मोलाई पक्राउ गरेको हो।

भारतबाट नेपाल तर्फ आउदै गरेका सिन्धुपाल्चोकका ३४ बर्षीय दावालाई ५८ ग्राम १४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१५ स्थितबाट पक्राउ गरेको हो। 

लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।