धरान, प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। 

प्रहरीले धरान सहित मोरङ र झापाको बिभिन्न स्थानहरुबाट सोमबार लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले सुनसरी, धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरेको छ। भने उनीसँगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित सुनसरीको अस्थायी  प्रहरी पोष्ट तिनकुनेले नियन्त्रणमा लिएको छ। 

यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।