धरान, 'सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करणको विजेता सुनाखरी रेड हुन सफल बनेको छ।
धरान-१२ स्थीत सुनाखरी एकेडेमीद्वारा आयोजित उक्त सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को आज बुधबार सम्पन्न फाइनलमा नेपाल पुलिस स्कुललाई उछिन्दै विजेता बनेको हो।
विजेता बनेको सुनाखरी रेडले उपाधीसँगै नगद ५० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। भने उपविजेता नेपाल पुलिस स्कुलले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
एन्फा एकेडेमी धरान-१७ को खेल मैदानमा भएको प्रतियोगितामा खेल प्रतिस्पर्धात्मक भई दुवैको गोल बराबरी भएपछि ट्राईबेकरमा पुलिस स्कुललाई ३-२ ले हराउँदै सुनाखरी रेडले विजेता बनेको हो।
यस्तै प्रतियोगिताको वेष्ट प्लेसर सुनाखरी रेडका एलिन थापा बन्दै नगद पुरस्कार ५ हजार प्राप्त गरे।
वेष्ट गोल किपर सुनाखरी रेडका रोजेश ओझा, वेस्ट फरवार्ड पुलिस स्कुलका समीर राई, वेष्ट डिफेन्डर सुनाखरी रेडका करण थापा, हाई स्कोरर सुनाखरी रेडका श्रीहाङ राई, वेष्ट कोच सुनाखरी रेडका ईन्दु रसाइली घोषित हुँदै जनही नगद पुरस्कार २ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
यस्तै म्यान अफ द म्याच पुलिस स्कुलका कृष्ण राई बन्दै नगद पुरस्कार १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। भने फेयर प्लेयर टिम बन्दै प्रभात ईङ्लिस बोर्डिङ स्कुल धरानले नगद पुरस्कार ५ हजार प्राप्त गरे।
उक्त प्रतियोगिताको पहिलो सेमिफाइनलिस्ट टिम सैनिक आवासीय स्कुल र दोस्रो सेमिफाइनलिस्ट टिम ज्वालामुखी मा.वि.ले नगद पुरस्कार ५/५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र दुवै टिमले प्राप्त गरेका छन्।
उक्त प्रतियोगिता भर समाचार सम्प्रेषण गरि पत्रकारिताको माध्यमबाट योगदान दिने पत्रकार तथा रेडिकल लाईट अनलाइनका सम्पादक तीर्थ कार्कीलाई नगद १० हजार पुरस्कार र प्रसंसा पत्रद्वारा आयोजकले सम्मान गरेको छ।
आयोजक सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईको सभापतित्व, एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष एवं कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्य तथा एन प्यावसनका केन्द्रीय उपाध्यक्ष राजेन्द्र गुरुङ, जिल्ला खेलकुद बिकास समिति तेह्रथुमका कार्यकारी प्रमुख किशोर सम्बाहाम्फेलगायतको आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।
Polish_20251203_214053825 1