धरान, सुनसरी जिल्ला ब्यापी अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करणको फाइनल आज (बुधबार) दिउँसो हुँदैछ।

एन्फा एकेडेमी धरान-१७ मा जारी प्रतियोगिताको फाइनलमा सुनाखरी रातो र नेपाल पुलिस स्कुलले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।

'विद्यार्थीहरूको सर्वाङ्गिण बिकासको लागि शिक्षासँगै खेलकुद।' को नारा सहित धरान-१२ स्थीत सुनाखरी एकेडेमीद्वारा गत मंसिर ७ गतेबाट प्रतियोगिता संचालन भएको हो।

फाइनलमा बिजेता बन्ने समुहले उपधी सहित, नगद पुरस्कार ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी उपविजेताले नगद २५ हजार र सेमिफाइनलमा पुगेका २ टिमले ५/५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५०० को दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक प्लेटफर्म प्रदान गर्दै स्कुल तहबाटै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले 'सुनाखरी एकेडेमी कप-२०८२' को आयोजना गरिएको आयोजक सुनाखरी एकेडेमी का प्रिन्सिपल मिलन राईले बताए।

प्रिन्सिपल राईका अनुसार आज एन्फा एकेडेमीको खेल मैदानमा दिउँसो १ बजेबाट हुने प्रतियोगितको फाइनल खेलसंगै समापन समारोह कार्यक्रममा सम्म्मान पत्र हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ।