विराटनगर, प्रहरीले भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ। 

डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु सोमबार प्रहरीले फडानी गरी नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ७२ रोपनी क्षेत्रफलमा रहेका ७ हजार २ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ।

यसैगरी धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ७  सय  वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ।