धरान, धरान-१२ स्थीत सुनाखरी एकेडेमीद्वारा आयोजित सुनसरी जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता 'सुनाखरी एकेडेमी कप-२०८२' को फाइनलमा नेपाल पुलिस स्कुल पुग्न सफल भएको छ।
आज धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सम्पन्न अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले रोक्दै उत्कृष्ट प्रतिरक्षा खेल प्रस्तुत गरेको थियो।
उत्कृष्ट प्रदर्शनका आधारमा पुलिस स्कुलका जर्सी नं.६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा सुनाखरी रेड विजयी बनेको थियो।
उक्त प्रतियोगिताको फाइनल बुधबार हुनेछ। फाइनलमा उपाधीको लागि सुनाखरी रेड र नेपाल पुलिस स्कुलबीच प्रतिष्पर्धा हुने आयोजकले जानकारी गराएको छ।



प्रतिक्रिया