धरान, भट्टराई कुल बंश प्रतिष्ठान धरान उपमहानगर समितिद्धारा उधौली गोठपूजाका अवसरमा आयोजित ‘भजनमा आधारित एकल नृत्य प्रतियोगिता’मा ससना राई प्रथम बनेकी छन्।
आज धरान १० स्थित चण्डेश्वरी ज्योतिष वास्तु परामर्श केन्द्रमा सम्पन्न प्रतियोगितामा प्रथम बनेकी ससनाले नगद दुई हजार, एक सय सहित प्रमाण–पत्र प्राप्त गरिन्।
यस्तै प्रतियोगिताको दोस्रो अरुणा पोख्रेल बन्दै नगद पन्ध्र सय पचास रुपैया सहित प्रमाण–पत्र प्राप्त गरिन्। भने तेस्रो कोपिला भट्टराई बन्दै नगद एक हजार एक सय रुपैया सहित प्रमाण–पत्र प्राप्त गरिन्।
प्रतियोगितामा चौथो ईन्दिरा भट्राई र पाँचौ भावना भट्टराई बन्दै जनही नगद पाँच सय पचास सहित प्रमाण–पत्र प्राप्त गरे।
उक्त प्रतियोगितामा विजेताहरुलाई समितिका अध्यक्ष शारदाप्रसाद भट्टराई, कार्यक्रम संयोजक चण्डेश्वरी ज्योतिष वास्तु परामर्श केन्द्र ज्योतिष तथा वास्तुशास्त्री प्रदीप शर्मा भट्टराई, धरान–१४ का वडा अध्यक्ष मुरारी भट्टराई, धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराईलगायतले पुरस्कार प्रदान गरे।
उक्त प्रतियोगिताका प्रमुख निर्णायक नृत्य निर्देशक संघका अध्यक्ष तथा गरिमा डान्स सेन्टर धरानका नृत्य निर्देशक मणिकुमार लिम्बु, निर्णायक एरा आर्ट एण्ड मिडिया प्रा.लि.का संचालक तथा प्रशिक्षक सन्जु राई र आयोजक समितिकी कविता भट्टराई रहेका थिए।
धरानमा बसोबास भएका धराने भट्टराई बन्धुहरुको सामुहिक गोठपूजाको अवसरमा उक्त नृत्य प्रतियोगितासँगै भजन कृतन कार्यक्रम आयोजना भएको हो।




प्रतिक्रिया