‘धरान, एन्फा एकेडेमीको खेलमैदान, धरान–१७ मा जारी सुनसरी जिल्ला ब्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’को क्वाटर फाइनलमा माउन्ट हर्मन एकेडेमी प्रवेश गरेको छ।

आजको पहिलो खेलमा माउन्ट हर्मन एकेडेमीले बिजयपुर सेकेन्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

माउन्ट हर्मनले खेलको मध्यान्तरअघि २ गोल गर्न सफल भएको थियो। यता बिजयपुरले पहिलोपटक गोल गर्न नसके पनि मध्यान्तरपछि १ गोल फर्काएको थियो। निर्धारित समयमा थप गोल नहुँदा २–१ कै नतिजासहित माउन्ट हर्मन अगाडि बढ्यो।

आजको पहिलो खेलका म्यान अफ द म्याच माउन्ट हर्मनका जर्सी नं. १० सिकुम लिम्बु घोषित भए।

दोश्रो खेलमा नेपाल पुलिस स्कुलले प्रभावशाली प्रदर्शन गर्दै बुद्ध आदर्श बोर्डिङ स्कुललाई १०–० को विशाल अन्तरले पराजित गर्यो। खेलभरि निरन्तर आक्रमणमा रहेको पुलिस टिमले प्रतिस्पर्धीलाई कुनै मौका नदिँदै सहज जित दर्ता गर्यो।

दोश्रो खेलका म्यान अफ द म्याच पुलिसका जर्सी नं. १० समीर राई बने।आयोजकको अनुसार मङ्गलबारको पहिलो खेल १ बजे ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ र दोश्रो खेल  सैनिक आबासियक मा.वि. र आयोजक सुनाखरी निलो बिच हुने भएको छ।