सुनसरी, प्रतिबन्धित लागू औषध गाँजासहित जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार गस्तीमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडकखण्डबाट प्र.१–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाइ–छिपाई लैजाँदै गरिएको १० किलो ५४० ग्राम गाँजा फेला पारेको थियो।
सो क्रममा प्रहरीले सिटी सफारी चालक हरिनगर–४ निवासी अजमल अंसारी र सवारीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ स्थितबाट बोरामा बेवारिसे अवस्थामा राखिएको १२ किलो १३० ग्राम गाँजा फेला पारी बरामद गरेको छ।
पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी मुद्दामा कानूनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। साथै बेवारिसे रूपमा भेटिएको गाँजाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया