काठमाडौं, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ३,८०० ले घटेर रु २,३९,५०० कायम भएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि घट्दै तोलामा रु ६५ ले कम भई रु ३,९०० मा कारोवार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंस करिब ४,०१७ अमेरिकी डलर को हाराहारीमा कारोबार भइरहेको छ।
सुनचाँदीको बजारमा आएको पछिल्लो गिरावट अन्तर्राष्ट्रिय बजारको उतार-चढावसँग जोडिएको मानिन्छ।



प्रतिक्रिया