विराटनगर, प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ।

धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंगलबार  फडानी गरी नष्ट गरिएको हो।

GAयसै क्रममा धनकुटा स्थीत शहिदभुमी गाउँपालिका(२ स्थित बिभिन्न एरिया इलाकाहरुको ५ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा हुर्केका ९ हजार ५ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ।

धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले नष्ट गरेको हो। 

यसै गरी भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुको करिव ९ रोपनी पाखा बारीमा लगाएको तथा आफै उम्रिएको १ हजार १ सय भन्दा बढी गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ।

भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको हो।