पाँचथर, बुवाको हत्यामा संलग्न रहेका छोरा पक्राउ परेका छन्।
पाँचथरको हिलिहाङ गाउँपालिका-१ फेदापका ६९ बर्षीय युबराज राईको हत्यामा संलग्न उनकै छोरा ३१ बर्षीय सन्देश राईलाई प्रहरीले पक्राउ गरेको हो।
आईतबार बिहान साढे १० बजे वाद विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले आफ्नै बाबुको शरीरको बिभिन्न भागमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ।
घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न सन्देश राईलाई घटना स्थलबाटै पक्राउ गरेको थियो भने मृतक लाशलाई पोष्टमार्टमको लागी जिल्ल्ला अस्पताल पाँचथर पठाएको छ। हत्यामा संलग्न राईको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया