काठमाडौ, नेपाल प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो। 

प्रहरी नायब महानिरीक्षक केन्द्रिय प्रहरी प्रबक्ता बिनोद घिमिरेले एक बिज्ञप्ती मार्फत महानिरिक्षक निरीक्षकको तलबबाट मृतक प्रहरी परिवारलाइ रकम उपलब्ध गराउने जानकारी गराउनु भएको छ।

बिज्ञप्ती मार्फत सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक देखि निरीक्षक सम्मको तलब कट्टा गरि प्रती परिवार १० लाख उपलब्ध गराउने जानकारी दिएका छन्।

Messenger_creation_116CFD36-780A-47E7-8685-961A954A531B